एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी
खबर एक्सप्रेस
२०७८-०१-३० १०:५५ मा प्रकाशित
Total Shares: 380
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ । प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक राखेका हुन् ।
आजको बैठकमा पार्टीमा असन्तुष्ट रहेका झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरू माथि गरिएको कारबाही फुकुवालगायत सरकार गठनका विकल्पबारे पनि छलफल हुने बताइएको छ । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदै छ ।
फेसबुक पेज Like गर्नुहोस