देउवा-प्रचण्डबीच २० मिनेट छलफल: समयमै बहुमतसहित सरकारको दावी पेश गर्ने
खबर एक्सप्रेस
२०७८-०१-३० ०४:४७ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २० मिनेट छलफल भएको छ ।
बुढानिलकण्ठमा भएको छलफलमा दुई नेताबीच समयमै नयाँ सरकार गठनका लागि समयमै दलको दावी पेश गर्ने सहमति भएको छ । देउवा र प्रचण्डबीच जसपा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबारे पनि छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नपाएपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आज राति नौ बजेसम्म दावी पेश गर्न दलहरूलाई आव्हान गरेकी छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षका नेताहरु पनि अहिले भक्तपुरमा छलफल गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस