भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बस्ने
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने सहमति भएको छ । विवादको कारण साउन १३ गतेदेखि बस्न नसकेको स्थायी कमिटी बैठक डाक्ने सहमति अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।
सोमबार बिहान अध्यक्षद्वय र महासचिव विष्णु पौडेलसहितको छलफलले बैठक डाक्ने सहमति गरेको हो ।
असार १० गतेदेखि स्थायी कमिटी बैठक सुरु भए पनि पार्टीभित्रको विवादको कारण पटक–पटक स्थगित हुँदै आएको थियो । साउन १३ गते ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बैठक सञ्चालन गरेका थिए
विवाद मिलाउनको लागि साउन ३० गते एउटा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले भदौ ६ गते ओली–प्रचण्डलाई सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ । सो बारेमा सचिवालयमा छलफल भएको छ । अब सोही प्रतिवेदन स्थायी कमिटीमा छलफल हुने भएको हो । यसैको लागि बैठकको आयोजना गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस