काठमाडौं - करण जौहरले हालै आफ्नो अर्को फिल्म ‘दोस्ताना–२’ को घोषणा गरे । फिल्ममा कार्तिक आर्यन र जाह्नवी कपुर मुख्य भूमिकामा हुनेछन् । अहिलेसम्म फिल्ममा तेस्रो कलाकारको भने घोषणा भइसकेको छैन । दोस्ताना–२ को पोस्टरमा तेस्रो कलाकारको ठाउँमा ‘अ स्विटेबल ब्वाय’ लेखिएको छ ।

कार्तिक आर्यनले पोस्टर सेयर गरेपछि उनलाई बधाईको ओइरो लागेको छ । सारा अली खानले पनि उनलाई बधाई दिएकी छिन् । उनले लेखेकी छिन्, ‘बधाई छ, आगो लाग्नेवाला छ ।’ दोस्ताना–२ मा दुई नायक र एक नायिका हुनेछन् । पहिलो दोस्तानामा भने जोन अब्राहम, अभिषेक बच्चन र प्रियंका चोपडा थिए । 

अहिले सारा अली खान र कार्तिन आर्यनको प्रेम सम्बन्धलाई लिएर पनि चर्चा भइरहेको छ । दुवैले फिल्म ‘लभ आजकल–२’ मा काम गरिरहेका छन् ।