काठमाडौं - भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको छ ।

बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।

साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो ।

सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको हो । साथै पाँच सय जरिवाना तोकिएको छ ।