काठमाडौं - जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकमा अझैपनि प्रतिगमनको खतरा नटरेको बताएका छन् । 

शनिबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधानको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प रहेको बताएका हुन् । उनले विवेकको प्रयोग गरेर आफै रोज्न पनि आह्वान गरेका छन् । 

‘प्रतिगमनको खतरा टरेको छैन!प्रतिगमनकारीसंग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान/लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्!पहिलो बाटो तुलसी गिरी/केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी/पुष्पलालको हो!’ उनले भनेका छन्, ‘वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं!’