विप्लव नेतृत्वको नेकपाद्धारा एमसीसीविरुद्ध आन्दोलनको घोषणा
खबर एक्सप्रेस
२०८०-०५-१५ ०९:५५ मा प्रकाशित
Total Shares: 147
काठमाडौं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो ।
विप्लव नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को सुरुदेखि नै विरोध गर्दै आएको थियो ।
काठमाडौंको लप्सिफेँदी, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गरिने बताइएको छ ।
असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गरिने भएको छ । मार्चपासमा सामना साँस्कृतिक टोली पनि सहभागी हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस