प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज पक्राउ
खबर एक्सप्रेस
२०७६-०७-२९ ११:०० मा प्रकाशित
Total Shares: 678
काठमाडौं - विप्लव नेतृत्वको नेकपाका जाजरकोट जिल्ला इञ्चार्ज धमिल उपनामका प्रेमप्रकाश ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्दा आतङ्क मच्चाएको, एनसेल टावरमा आक्रमण गरेको र वडा कार्यालयमा आगजनी गर्ने विध्वंशात्मक कार्यमा संलग्न रहेको अभियोगमा उनलाई बिहीबार राति बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जाजरकोटस्थित नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली प्रतिबन्धित नेकपाको जाजरकोट इन्चार्जको रुपमा सक्रिय रहँदै आएका सुरक्षा सुत्रको दाबी छ ।
फेसबुक पेज Like गर्नुहोस