बुटवल - पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ३ जना पुरुष र ५ जना महिला रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रशासनले जनाएको छ ।

मृतक र घाइतेको भने सनाखत भएको छैन । मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो ।

दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका छन् । क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।