प्रतिनिधिसभा पुनर्स्थापनाको खुसियालीमा काठमाडौंमा प्रचण्ड-नेपाल पक्षको विजय जुलुस
खबर एक्सप्रेस
२०७७-११-१२ ०१:५६ मा प्रकाशित
Total Shares: 352
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएको खुसियालीमा काठमाडौंमा विजय जुलुस निकालेको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको असंवैधानिक विघटनको सिफारिशलाई मंगलबार उल्टाइदिएपछि प्रचण्ड–नेपाल पक्षले विजय जुलुस निकालेको हो ।
जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस