काठमाडौं - नेपालमा कोरोना संक्रमण हुनेको संख्या सात पुगेको छ । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोराेनाको संक्रमण देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । यो सहित अहिलेसम्म नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका छन्  । हिजो मात्र बागलुङकी ६५ वर्षीया वृद्धामा कोरोना स‌ंक्रमण भेटिएको थियो । 

यसअघि संक्रमित भएका ६ जनामध्ये ५ जना उपचाररत छन् भने एक जना निको भएर घर फर्किसकेका छन् ।