राजावादीका प्रदर्शनकारीले तीनकुनेमा घरमा लगाए आगो
खबर एक्सप्रेस
२०८१-१२-१४ ०३:४८ मा प्रकाशित
Total Shares: 145
काठमाडौं-उग्र बनेका राजावादीहरूले तीनकुनेमा एउटा घरमा आगजनी गरेका छन्। आगजनीबाट उक्त घर जलेको छ। राजवादीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन् । उनीहरूले व्यक्तिका घर,पसलमा ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी समर्थकहरू कार्यक्रम स्थल छोडेर बाहिर प्रदर्शन गरिरहेका छन्। उनीहरूमाथि प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस