दाहालले लिए राष्ट्रियसभा अध्यक्षको शपथ
खबर एक्सप्रेस
२०८०-११-२९ ०७:५१ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।
उनी आज (मंगलवार) भएको निर्वाचनमा ३९ मत प्राप्त गरी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका हुन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस