काठमाडौं - बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद् भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ः३० बजे अपडेट जारी गर्दै राजमार्ग अवरुद्धबारे जानकारी गराएको छ ।
संखुवासभास्थित कोसी राजमार्ग सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २ गते रातिको वर्षाको कारण मकालु गाउँपालिका-४, नेताभीरस्थित कोसी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको हो ।
त्यस्तै भदौ १० को भोटेकोसी बाढी कारण रसुवा र नुवाकोट राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
प्रहरीले स्याफ्रुबेँसीसम्म जान सकिने वैकल्पिक बाटो (सिंगल लेन कच्ची सडक) काठमाडौंदेखि टोखा छहरे हुँदै बिदुर, नुवाकोट दरबार, फलाँटे, चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, भोर्ले, ० किमि, कालिकास्थान, स्याउबारी, राम्चे, सोले, धुन्चे, स्याप्रुबेँसीसम्म जान सकिने जानकारी दिएको छ ।
त्यस्तै, रसुवा पासाङ ल्हामु सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छ । उता, नुवाकोट टोखा छहरे सडक वर्षातको कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनहरूको रातिको समयमा आवतजावत रोक लगाइएको प्रहरीले जानकारी दिएको छ ।


.gif)


