कोरोना: भारतमा संक्रमितको संख्या १० हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०१-०२ ०७:४८ मा प्रकाशित
Total Shares: 467
एजेन्सी - कोरोना भाइरसको प्रभाव भारतमा बढीरहेको छ ।
पछिल्ला दिनहरुमा भारतमा मृत्यु र संक्रमितको संख्या बढ्दै गएको हो ।
त्यहाँको सरकारका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोनाबाट ३ सय ५८ जनाको मृत्यु भएको छ भने १० हजार ४ सय ५३ जनामा संक्रमण भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस