काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने घोषण गरेका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा साँझसम्ममा राजीनामा दिने घोषणा गरेका हुन्। उनले अर्थ तथा सञ्चार मन्त्रालय सम्हालिरहेका छन्। 

खतिवडाको यही २० गते कार्यकाल सकिँदैछ। राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रियसभामा आएका खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमै सकिएको हो। 

 तर, संवैधानिक व्यवस्था अनुसार संसद सदस्य नभएको व्यक्ति ६ महिना मात्रै मन्त्री बनेका थिए। सरकारबाट बाहिरिए पनि खतिवडालाई प्रधानमन्त्रीको अर्थ सल्लाहकारमा नियुक्ति गर्ने चर्चा चलिरहेको छ।

खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासमा पात्र हुन्। ओलीले उनलाई पुनः ल्याउन चाहेका थिए। तर, राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष वामदेव गौतमले फागुन १४ को सचिवालयको निर्णय अनुसार जाने चाहना गरेपछि ओलको चाहाना पुरा हुन सकेन।