काठमाडौं - बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न आफ्नै निवासमा उनको निधन भएको हो ।

बलिउड फिल्म निर्माता करण जौहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसअघि धर्मेन्द्रको निवासमा एम्बुलेन्ससहितका गाडी देखिएका थिए भने घर बाहिर सुरक्षा बढाइएको थियो ।

उनको चर्चित चलचित्रहरुमा  शोले’ (1975), ‘चुपके चुपके’ (1975), ‘अनुपमा’ (1966), ‘सीता और गीता’ (1972), ‘फूल और पत्थर’ (1966), ‘यादों की बारात’ (1973)   ‘जुगनू’ (1973) आदि रहेका छन् ।