प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुदै
खबर एक्सप्रेस
२०८१-०७-१२ १०:३५ मा प्रकाशित
Total Shares: 33
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा आज हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।
अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस