एमाले अध्यक्ष ओलीले दोस्रोपटक सम्हाले पदभार
काठमाडौं - चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका थिए । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत खसेकाे थियाे । साथै नाे भाेटमा ३३ मत खसेकाे थियाे ।
अध्यक्षमा निर्वाचित ओलीको कार्यकाल पाँच वर्षको हुनेछ । आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै पहिलाेपटक शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए।
फेसबुक पेज Like गर्नुहोस