रिलायन्स लाइफको नगद लाभांश दिने घोषणा
खबर एक्सप्रेस
२०७८-०६-१९ ०२:१३ मा प्रकाशित
Total Shares: 222
काठमाडौं - रिलायन्स लाइफ इन्स्युरेन्सले अघिल्लो आर्थिक वर्ष (२०७६/०७७) को नाफाबाट नगद लाभांश दिने भएको छ ।
कम्पनीको १८ असोजमा बसेको इन्स्युरेन्सको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश वितरण गरिनेछ।
फेसबुक पेज Like गर्नुहोस