एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्धको खोप चाँडै आउने बताएको छ । यस वर्षकै अन्त्यसम्म खोप सबैमा उपलब्ध हुने आश गरेको छ । कोरोना खोप उपलब्ध भएसँगै महामारी छिट्टै नियन्त्रणमा आउन सक्ने जनाएको छ ।

बीबीसीका अनुसार अहिले विश्वभर दुई सय भन्दा बढी कम्पनीले खोप बनाउने प्रयास गरिरहेका छन् । जसमा झण्डै १० खोप मानिसमा ‘ट्रायल’ चलिरहेको छ ।

डब्लूएचओका वैज्ञानिक सौम्या स्वामीनाथनले खोप बनाउने काम निकै जटिल भएको बताए । 'भ्याक्सिन (खोप) बनाउनु एक जटिल काम हो । यसमा कैयौं प्रकारका आशंका र राम्रा कुराहरु पनि छन्' उनले भने, 'हामीसँग कैयौं भ्याक्सिनहरु छन् । यदि हामी एक पटक असफल भयौं भने अर्को पटक प्रयास गर्छौं, फेरि पनि असफल भए पनि निराश हुँदैनौं, हामी हार मान्दैनौं ।'

अवस्था सामान्य रहे यो वर्षको अन्तिमसम्म कम्तीमा एक खोप मिल्न सक्ने उनको भनाइ छ ।

गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले हालसम्म ४ लाख ५६ हजार बढीको मृत्यु भएको छ भने ८५ लाख संक्रमित भएका छन् । यसमा सबैभन्दा धेरै अमेरिका प्रभावित छ ।