सुनको मूल्य घट्यो
खबर एक्सप्रेस
२०७६-११-२८ १२:०३ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - लगातार बढेको सुनको मूल्य आज घटेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ८२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ४ सयले घटेर ८२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन भने ८२ हजारमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस