म्याद सकिनै लाग्दा बेपत्ता आयोग तात्यो
काठमाडौं - द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न गठित आयोगले पीडितहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्य अन्तिम अवस्थामा पुर्याएको छ ।
गत वर्षको माघ महिनामा गठन भएको आयोगले लामो समय लगाएर द्वन्द्वकालमा पीडित भएकाहरुको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरण गर्न लागेको हो । आयोगका सदस्य वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले पीडितहरुको पहिचान भई उनीहरुलाई परिचयपत्र वितरण गर्ने कार्यको शुरुआत गर्न लागेको उल्लेख गर्नुभयो ।
बेपत्ता पाारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा आयोगका काममध्ये पीडितहरुको यकिन गर्ने पनि रहेको छ । त्यस्ता पीडितहरुको यकिन गरी उनीहरुलाई परिचयपत्र वितरण गर्नका लागि बेपत्ता आयोगले अन्तिम तयारी गरिरहेको आयोगका सदस्य भण्डारीले बताउनुभयो । सत्य निरुपण आयोगले पनि पीडितहरुको छानबिन गरिरहेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस