आइपिएल: गुजरात टाइटन्स आइपिएलकाे फाइनलमा
काठमाडौं - नवप्रवेशी गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले फाइनलमा स्थान पक्का गरेको हो ।
राजस्थानले दिएको १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १९.३ ओभरमा ३ विकेट गुमाउँदै पस्रा गरेको हो । गुजरातका लागि डेविड मिलरले अर्धशतक पारि खेले । उनी ३८ बलमा ३ चौका र ५ छक्कासहित ६८ रनमा अविजित रहे । कप्तान हार्दिक पान्ड्या ४० रनमा अविजित रहँदा सुबमन गिल र म्याथ्यु वेडले समान ३५३५ रन जोडे । राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिए ।
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो । ओपनर जस बटलरले ८९ रनको योगदान दिए तर, टोलीलाई जित दिलाउन सकेनन् । कप्तान सन्जु सामसनले ४७ रन जोड्दा देबदुत पडिकलले २८ रन बनाए ।
गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले १–१ विकेट लिए । अब राजस्थानले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच बुधबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस