काठमाडौं - भौतिक  पूर्वाधार  तथा  यातायात  मन्त्री  वसन्तकुमार  नेम्वाङले कोरोना भाइरस सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षा व्यवस्था अपनाएर  विकास  निर्माणको  कामलाई  निरन्तरता  दिनुपर्ने  बताएका छन्  ।

'रोड मार्किङ’को शनिवार  अनुगमन  गर्दै  मन्त्री  नेम्वाङले स्वास्थ्य सुरक्षा अपनाउँदै 'रोड मार्किङ’को कामलाई निरन्तरता दिनुपर्ने बताए ।सामान्य समयमा बाक्लो आवागमनका कारण ट्राफिक  चिह्न  निर्माण  तथा सडक रङरोगन गर्न कठिनाइ हुनेगर्दछ ।

मन्त्री नेम्वाङले मजदुरको सुरक्षा तथा सामाजिक दूरी कायम गर्दै सडक सुरक्षा चिह्न निर्माणलाई  तीव्रता  दिनुहोस्,  यस  कामका  लागि  सहयोग  गर्न मन्त्रालय तयार छ भने ।

 गोरखापत्र दैनिकबाट