एसीसी प्रिमियर कप: कुवेत र नेपालको खेल टियुमा हुने
खबर एक्सप्रेस
२०८०-०१-१५ १२:२२ मा प्रकाशित
Total Shares: 99
काठमाडौं - एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा टियुमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् ।
कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले हराएपछि सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भेट पक्का गरेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबार टियु मैदानमा हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस