काठमाडौं - लोकसेवा, आयोगले लिएको शाखा अधिकृत पदको परीक्षामा १३.३८ प्रतिशतमात्र उतीर्ण भएका छन् । 

 गत २५ माघमा आयाेगको विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणकाे परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।

परीक्षामा सम्मिलित (खुला र समावेशी), एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ।

जुन कुल सहभागीको १३.३८प्रतिशत मात्रै हो । 

राजधानी दैनिकबाट