काठमाडौं - अनलाइन बजार दराजले चैत्र २८ देखी देखि नयाँ वर्षको सेल – नयाँ रहर नयाँ अफर सुरु हुने घोषणा गरेको छ ।

नयाँ वर्षको शुभ अवसरलाई लिएर दराजले आफ्ना ग्राहकलाई आश्चर्यजनक डिल, ५ हजार रुपैया सम्मको भाउचर, विशेष अफर, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा नयाँ स्कुटर जित्ने अवसर ल्याएो छ ।

यस अभियानको लागि नेपाल बैंक लिमिटेड र दराज बिच सम्झौता भएको छ जसबाट नेपाल बैंकका कार्ड वाहकले डेबिट प्रीपेमेन्टमा १० प्रतिशत र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५ प्रतिशत सम्म छुट पाउने छन ।

यो संगै सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड वाहकले डेबिट कार्डमा १० प्रतिशत र क्रेडिट कार्ड अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत छुटको मज्जा लिन सक्ने उल्लेख छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन । अफरको अवधि ११ अप्रिल देखि १५ अप्रिलसम्म रहेको छ ।