इन्टरविरुद्ध लिभरपुलको जित
खबर एक्सप्रेस
२०७८-११-०५ ०८:२७ मा प्रकाशित
Total Shares: 370
काठमाडौं - इंग्लिस क्लब लिभरपुलले यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेकाे छ ।
इटालीको सान सिरोमा बिहीबार बिहान भएको खेलमा लिभरपुलले २-० जित निकालेकाे हाे । उसका रोबर्टो फिर्मिनो र मोहम्मद सलाहले १-१ गाेल गरे । याेसँगै लिभरपुलले तीन अंक जोडेको छ ।
दुबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । फिर्मिनोले खेलको ७५औं मिनेटमा गोल गरे भने ८३औं मिनेट सलाहले गोल गर्दा लिभरपुल अन्तिम आठ नजिक रह्यो ।
अब दोस्रो लेगका लागि लिभरपुलले इन्टरलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस