नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू चन्द्रागिरी रिसोर्टमा
काठमाडौं - प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू चन्द्रागिरी रिसोर्ट पुगेका छन् ।
बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला माधवकुमार नेपाल आफूनिकट नेताहरुसँग छलफल गर्न चन्द्रागिरी रिसोर्ट गएका हुन् ।
नेता नेपालसहित सबै नेताहरु बुधबारसम्म त्यहीँ रहने चन्द्रागिरी पुगेका एक नेताले जानकारी दिए । नेताहरुको लागि झण्डै एक सय वटा कोठा बुक गरिएको छ । आयोगमा सनाखतको बेला नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई नेता नेपालले चन्द्रागिरी लगेको बुझिएको छ ।
यसअघि नेता नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा लामो छलफल गरेका थिए। छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने बताएका छन् ।

.gif)


फेसबुक पेज Like गर्नुहोस