पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-१२-२१ ०४:४७ मा प्रकाशित
Total Shares: 216
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३२ पुगेको छ । आज कोरोनाबाट थप १ व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ६१३ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस