गरिमा विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत सामग्री हस्तान्तरण
खबर एक्सप्रेस
२०७९-०३-२९ ०३:४८ मा प्रकाशित
Total Shares: 236
काठमाडौं - विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंस्थित माछापोखरी शाखाको समन्वयमा का.म.न.पा. १६, बसन्तनगर, तारकेश्वर धाममा क्रियापुत्री घर/कम्पाउण्डमा आवश्यक १०० लिटरको १० थान र ३२ लिटरको २० थान गरि जम्मा ३० थान डस्बीन तारकेश्वर धाम समितिलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै, स्याङ्गजाको वालिङ्ग शाखाको समन्वयमा वालिङ्ग वहुमुुखी क्याम्पसलाई यस विकास बैंकका पूर्व अध्यक्ष दिलिप प्रताप खाँडबाट २० थान स्टान्ड फ्यान हस्तान्तरण गरिएको छ ।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस