काठमाडौं - नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो ।

अर्थमन्त्री विष्णु पौडेलले २०७७/७८ को आर्थिक सर्भेक्षण प्रतिवेदन प्रस्तुत गर्दै भूकम्पले भन्दा ठूलो आर्थिक क्षेत्र कोभिड-१९ले पुर्याएको बताए ।

‘आर्थिक वर्ष २०७१।२०७२ मा कोभिड-१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ जुन आर्थिक वर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा उच्च हो।’

उनले स्वास्थ्य संकटको अवस्थामा क्रमश सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक बर्षमा ४ दशमल शुन्य १ प्रतिशत रहने अनुमान गरिएको भएपनि चालु आर्थिक वर्षको तेश्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतिपूर्ण बन्दै गएको बताए ।