सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण बिदा
खबर एक्सप्रेस
२०७८-०२-१५ ०४:५५ मा प्रकाशित
Total Shares: 404
काठमाडौं - सरकारले सरकारी कर्मचारीलाई भ्रमण बिदा दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत १० दिन भ्रमण बिदा घोषणा गरेका हुन् ।
मन्त्री पौडेलले भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गरेका हुन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको हो ।
त्यस्तै, निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस