२६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-१२-०८ १२:४० मा प्रकाशित
Total Shares: 99
काठमाडौं - सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।
बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला १ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस