काठमाडौं : जनरल इन्स्योरेन्स कम्पनी नेपालका महाप्रबन्धक सानुकाजी तमोट लाई उनको उमेरको विषय लाई लिएर केही बीमा कम्पनीका व्यक्तिहरु बदनाम गर्न लागिपरेका छन् ।

एक निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीले पत्रकारलाई तमोट ७० वर्ष नाघेको विषयमा समाचार लेख्न अनुरोध गर्ने गरेको तथ्य बाहिर आएको छ ।

बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् ७० वर्ष नाघे पछि  प्रमुख कार्यकारी बन्न नपाउने व्यवस्था ऐनमा छ । तर महाप्रबन्धकको हकमा भर्ने त्यस्तो कानुनी व्यस्था नभएको बीमा समितिले जनाएको छ ।

तमोट चार दशक भन्दा बढि बीमा क्षेत्रमा कुशलतापूर्वक काम गरेका एक अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् । उनले हालसम्म विभिन्न आठ वटा कम्पनीमा महत्वपूर्ण जिम्मेवारी सम्हाली सकेका छन् । 

हाल कार्यरत कम्पनीमा भने वैशाख सम्म मात्र उनको कार्यकाल रहेको छ । उनले सकृय रूपमा इमानदारीकासात जिम्मेवारी पुरा गरेकै कारण उनलाई संचालक समितिले महाप्रबन्धक को जिम्मेवारी दिएको हो । 

७० बर्ष नाघेका अरुपनी कम्पनीमा महाप्रबन्धक छन् तर तमाेटले भने सफलता पुर्बक काम गरेकै कारण केहि ब्याक्तीहरु लाई  टाउको दुखाइ को बिषय भएको छ ।

यस विषयमा तमोट सँग कुरा गर्दा आफ्नो चरित्र हत्या गर्न लागिपरेका साथीहरु लाई राम्रोसँग चिनेको र अहिले केही नबोल्ने उनले बताए ।