वाग्मती प्रदेशसभा सदस्य सिग्देललाई कोरोना
खबर एक्सप्रेस
२०७७-०६-१३ ०४:२१ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - वाग्मती प्रदेशसभा सदस्य तथा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण भएको छ ।
रुघाखोकी लागेपछि कोरोनाको ‘पीसीआर’ परीक्षण गर्दा ‘रिपोर्ट पोजिटिभ’ आएको सांसद सिग्देलले बताइन ।
यही असोज ५ गते हेटौंडाबाट काठमाडौं गएकी उनी काठमाडौंमै ‘होम आइसोलेसन’मा बसेकी छिन ।
उनको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको परिवारमा भने कसैलाई संक्रमण नरहेको जनाइएको छ ।
उनी प्रतिनिधिसभा सदस्य विरोध खतिवडाकी श्रीमती तथा मिस नेपाल २०१८ शृंखला खतिवडाको आमा हुन ।
फेसबुक पेज Like गर्नुहोस