गण्डकीका नवनियुक्त मन्त्रीद्वय फणिन्द्र र मनाङेले लिए शपथ
खबर एक्सप्रेस
२०८१-०३-०१ १२:१८ मा प्रकाशित
Total Shares: 125
पोखरा - गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र दीपक मनाङेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
देवकोटाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
माओवादी चुनाव चिह्नबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले ह्वीप जारी भए पनि सुरेन्द्रराजलाई विश्वासको मत दिएका थिए ।
फणिन्द्र अहिले माओवादी कोटाबाटै संसदको सामाजिक विकास समिति सभापति छन् ।
मनाङका स्वतन्त्र सांसद मनाङेलाई मुख्यमन्त्रीले नै दोस्रो पटक भौतिक मन्त्री बनाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस