साताको चौथो दिन ह्वात्तै बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-०१-२० ११:२२ मा प्रकाशित
Total Shares: 72
काठमाडौं - साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार एक हजार ८ सय रूपैयाँले बढेर एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख १० हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार २० रूपैयाँले बढेर १ हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस