काठमाडौं - नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीच बबरमहलमा घम्साघम्सी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएको हो ।

गत २३ र २४ भदौकने जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पूर्व गृहमन्त्री पक्राउ परेका थिए ।

ओली र  लेखकको रिहाइको माग गर्दै काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रमा हिजोदेखि नै एमालेका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । एमालेका जनवर्गीय संगठनहरूले देशैभर जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र समेत बुझाएका छन् ।

झडपमा प्रहरीले लाठी चार्ज गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेलाई एभरेस्ट अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार नौ जना पक्राउ परेका छन् ।