शेरबहादुर देउवाद्वारा डडेल्धुराबाट उम्मेदवारी दर्ता
खबर एक्सप्रेस
२०७९-०६-२३ ०४:५४ मा प्रकाशित
Total Shares: 157
काठमाडौं,डडेल्धुरा - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी डा. आरजु राणा देउवाले प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएकी हुन् ।
वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेकी मुख्य निर्वाचन अधिकृत कार्यालय डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस