काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका तेस्रो व्यक्ति कतारबाट नेपाल आएको पुष्टि भएको छ ।

बुधबार आयोजित भर्चुजल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कतारबाट चैत ६ गते नेपाल आएका धादिङका ३२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको बताएका हुन् ।

कोरोना संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको थियो ।