धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो
काठमाडौं- धादिङमा यात्रुबाहक बस दुर्घटनामा हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ। घटनास्थलमै १७ जना र थप २ जनाको उपचारका क्रममा गरि कुल १९ जनाको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । उनिहरुको पहिचान खुलेको छैन्।हिजो राति पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी बल नेपालको टोली, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय समेत उद्धारका खटिएका थिए । सो बसमा चालक र दुई जना बसका कर्मचारीसहित ३७ जना थिए । तर बाटोमा थप यात्रु चढाइएको जनाइएको छ । सशस्त्र प्रहरीले सो बसमा कुल ४५ जना यात्रारत रहेको जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुको पहिचान खुलेको प्रहरीले जनाएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ। कलंकीस्थित नेशनल अस्पतालमा १० जना र ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस