सपाेर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा
खबर एक्सप्रेस
२०७८-०७-०७ १२:१९ मा प्रकाशित
Total Shares: 173
काठमाडौं - सपोर्ट लघुवित्त वित्तीय संस्थाले ३१ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
लघुवित्तको सञ्चालक समितिको ५ कात्तिकमा बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने एक करोड ९८ लाख रुपैयाँ बराबरको बोनस सेयर र एक दशमलव ५७८९ प्रतिशतले हुन आउने दुई करोड आठ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभा बाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल चुक्ता पुँजी ६ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको बोनस वितरणपछि पुँजी आठ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
फेसबुक पेज Like गर्नुहोस