काठमाडौं – समाजवादी पार्टीकी सांसद लिलादेवी सिटौलाले सपथ लिएकी छन्।
सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालय सिंहदरबारस्थित कृषि समितिको हलमा उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।
सरिता गिरीलाई समाजवादीले निस्काशित गरेपछि रिक्त ठाउँमा उनी समानुपातिकतर्फ सांसद बनेकी हुन्। उनी ललितपुर महानगरपालिका १३ निवासी हुन्।
निर्वाचन आयोगमा समाजवादीले बुझाएको समानुपातिक सांसदको बन्द सूचीमा गिरीपछि सिटौलाको नाम थियो। सोही आधारमा सिटौला सांसदमा निर्वाचित भएकी हुन्।

.gif)


