काठमाडौं - सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले आफ्नो हाईड्रो निर्माण गर्ने निर्माण कम्पनी मुडवरी एण्ड जोशि कन्ट्रक्शनलाई आफै अध्यक्ष रहेको सेन्चुरी कमर्सियल बैंकबाट दिएको कर्जा जोखिममा परेको छ ।

 कालंगाढ सानिगाढ हाईड्रोको हाइटेन्सन लाईनका निर्माणकर्ता ठेकेदार मुडवरी एण्ड जोशि कन्ट्रक्शन हो, उक्त हाईड्रोको प्रमुख लगानीकर्ता संचालक सेन्चुरी बैंकका अध्यक्ष समेत रहेका राजेश कुमार श्रेष्ठ हुन् । आफ्नै हाईड्रोको हाइटेन्सन लाईन निर्माण गर्ने ठेकेदारलाई आफु अध्यक्ष रहेको बैंकको संचालक समितिबाट कर्जा स्वीकृत गराउनुले नियामकको निर्देशिकाको खिल्ली उडाएको छ । सिधै वित्तिय स्वार्थ रहेको कम्पनीलाई कर्जा प्रदान गर्न मिल्दैन 

 मुडवरी एण्ड जोशि कन्ट्रक्शनलाई सेन्चुरी बैंकले करिब रु. ३२ करोड कर्जा दिएको थियो । उक्त कर्जा हाल डुब्ने परिस्थितीमा रहेको  बैंकको भनाइ छ  । कर्जाको नियमित ब्याज तथा किस्ता भूक्तानी गर्न बैंकले दबाव दिन सकेको छैन् । बैंकले  कर्जा तिर्न ताकेता  गर्दा अध्यक्षज्यूले हाईड्रोबाट भूक्तानी दिएपछि बैंकको भूक्तानी हुने जवाफ प्राप्त हुने बैंकका कर्मचारीहरुको भनाइ रहेको छ ।

यस् विषयमा बुझ्न मुडवरी एण्ड जोशि कन्ट्रक्शनका संचालक अजय मुडवरीसंग कुरा गर्न खोज्दा उनको मोबाईल अफ रहेकोले सम्पर्क हुन सकेन यसमा नियमक निकायको ध्यान जान जरुरी छ ।