आन्दोलनरत ईःलाई भेट्न सभागृह पुगिन् उपमेयर सुनीता
खबर एक्सप्रेस
२०८०-०६-०९ ११:०१ मा प्रकाशित
Total Shares: 102
काठमाडौं - काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि उभिएर प्रदर्शन गरिरहेका ई:लाई भेट्न उपमेयर सुनिता डंगोल आज त्यहाँ पुगेकी छन् ।
उपमेयर डंगोल केही बेरअघि अभियन्ता ईःलाई भेट्न राष्ट्रिय सभागृहको गेटमा पुगेकी हुन्।
उपमेयर डंगोललाई भेटेपछि ईले उपमेयरले स्वास्थ्यलाभको कामना गर्दै सडक व्यवसायीहरुको वैकल्पिक व्यवस्थाका लागि आवश्यक नीति बनाउने जनाएको बताए।
अभियन्ता ईः महानगरपालिकाको मेयर उपमेयरको कार्यालयसमेत रहेको राष्ट्रिय सभागृहको गेटमा १८८ घन्टादेखि उभिइरहेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अभियन्ता ईःसँग आफूले वार्ता गर्न खोजेको र तर नमानेको बताएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस