निलम्बीत समाजवादी पार्टीकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला
काठमाडौं - नेपाल–भारत सीमा विवाद भएपछि निलम्बीत भएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला निर्वाचित भएकी छन् । आज निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा गिरीको ठाउँमा सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।
समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस(आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो । सिटौलाले सांसदको रुपमा छिट्टै प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण लिने बताइएको छ ।
सरिता गिरीले देशको भौगोलिक अखण्डतासँग सम्बन्धित निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा मतदान गर्ने पार्टीको ह्वीप उल्लंघन गरेपछि समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही अनुसार निलम्बन गरेको थियो ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा अतिक्रमण गरेर सडक निमार्ण गरि उद्घाटन समेत गरेपछि नेपालले आफ्नो भुमि फिर्ता लिन नयाँ नक्सा जारी गर्दा सरिता गिरी भारतको पक्षमा उभिएर नेपालको विरोध गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस