अदुवा-चिया पिउनुका फाइदै-फाइदा
काठमाडौं - हामी जाडो महिनामा कम पानी पिउँछौँ। तर शरीरमा पानीको मात्रा कम हुँदा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्न सक्छ।
जाडोमा चिसो पानी धेरै पिउन पनि सकिँदैन। चिसो पानीको अधिक प्रयोगले रुघाखोकी पनि लाग्ने सम्भावना हुन्छ। त्यसैले सकेसम्म तातो पानी पिउन उपयुक्त हुन्छ।
त्यसमा पनि तपाईँलाई चिया पिउन मन लागिरहन्छ भने अदुवा(चिया पिउनुस्।
-अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।
-यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
-क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
-गतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
-रक्तसञ्चारमा सहयोग पु-याउँछ ।
-पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
-हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो ।
फेसबुक पेज Like गर्नुहोस