काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट बैठक सुरु भएको हो ।

बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउनेबारे छलफल भइरहेको बताइएको छ ।

यसअघि सो पार्टीको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरूको पूर्ति हुन सकेको छैन ।